शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

मन्त्री थापा बर्खास्त

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
मन्त्री थापा बर्खास्त

धनगढी,साउन १३: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ ।

आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले थापालाई पदबाट बर्खास्त गरिएको बताउनुभयो । थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएको थियो ।

८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो ।

एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अध्यादेशमार्फत ल्याउन खोज्नुभएको थियो ।

तर प्रदेश प्रमुख नजिर मियाँले २९ असारमा सरकारले सिफारिस गरेको बजेट अधिवेशन अन्त्य गर्ने सम्बन्धी पत्र ३ साउनमा मात्र कार्यान्वयन गर्नुभएको थियो । कांग्रेस र एमालेका एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यको मागबमोजिम भोलिपल्ट विशेष अधिवेशन आह्वान गरिएको थियो ।

प्रदेश प्रमुखको यो कदमले मुख्यमन्त्री सोडारीको अध्यादेशमार्फत बजेट ल्याउने विकल्प बन्द भएको थियो । सरकारले बजेट ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार