आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
मनाेरञ्जन

थाईल्यान्डकी ओपल चुआङश्रीले जितिन् मिस वर्ल्ड २०२५ को उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
थाईल्यान्डकी ओपल चुआङश्रीले जितिन् मिस वर्ल्ड २०२५ को उपाधि
नयाँदिल्ली, जेठ १७ :

 थाईल्यान्डकी ओपल सुचाता चुआङश्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छन्। भारतको हैदराबादस्थित हाईटेक्स एग्जिबिसन सेन्टरमा सम्पन्न फिनाले कार्यक्रममार्फत उनले यो वर्षको ताज पहिरिएकी हुन्।

प्रतियोगितामा नेपालसहित १०८ देशका प्रतिस्पर्धीहरू सहभागी भएका थिए। भारतका तर्फबाट प्रतिनिधित्व गरेकी नन्दिनी गुप्ता टप–२० मा पर्न सफल भइन् भने टप–८ मा स्थान बनाउन भने सकिनन्।

फिनालेको सुरुआत टप–४० प्रतिस्पर्धीहरूको सांस्कृतिक र्‍याम्पमा वाक बाट गरिएको थियो, जहाँ भारतकी नन्दिनी गुप्ता शो–स्टपर को रूपमा प्रस्तुत भएकी थिइन्।

७२ वर्षको इतिहास रहेको मिस वर्ल्ड प्रतियोगितामा भारतले सबैभन्दा धेरै उपाधि जितेको देश हो। भारतबाट पहिलोपटक रीता फारिया मिस वर्ल्ड बन्न सफल भएकी थिइन्। त्यसपछि ऐश्वर्या राय, प्रियंका चोपडा, युक्ता मुखी, डायना हेडन र मानुषी छिल्लर पनि मिस वर्ल्डको उपाधि जितिसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार