
इसेवाले जीवन बिमा नवीकरणमा विशेष अफर ल्याएको छ । इसेवाबाट नेपालको कुनै पनि जीवन बिमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै १४ वटा जीवन बिमा कम्पनीका एक-एकजना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ । यही जेठ १५ देखि सुरु भएको अफर आउँदो असार गतेसम्म ३२ गतेसम्म चल्नेछ ।
अफर अवधिभर, इसेवामार्फत जीवन बिमा नवीकरण गर्ने सबै प्रयोगकर्ता स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन् । इसेवाको अनलाइन बिमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताले कार्यालय धाउनुपर्ने झन्झटबिनै छोटो समयमा आफ्ना आवश्यकताअनुसार बिमा नवीकरण गर्न सक्नेछन् ।
अफरमार्फत जीवन बिमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताबारे पनि जनचेतना बढाउने इसेवाको प्रयास हो ।