बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा लामो दूरीका सवारी ठप्प, सोमबारदेखि पूर्ण रूपमा बन्द गर्ने घोषणा

‘गण्डकी सरकारले ल्याएको ऐन खारेज हुनुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
सुदूरपश्चिममा लामो दूरीका सवारी ठप्प, सोमबारदेखि पूर्ण रूपमा बन्द गर्ने घोषणा
प्रतीकात्मक तस्बिर ।
कैलाली, जेठ १८ :

गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ ऐनको विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले आइतबारदेखि लामो दूरीका सवारी साधन सञ्चालन ठप्प पारेका छन् भने सोमबार (भोलि) देखि सार्वजनिक यातायात पूर्णरूपमा बन्द गर्ने घोषणा गरेका छन् ।

गण्डकी सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न पाउने व्यवस्था सहितको ऐन ल्याएपछि देशभरका यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले निजी सवारीलाई सार्वजनिक जस्तै सञ्चालनको अनुमति दिनु गलत भएको बताए । 'सार्वजनिक सवारी सञ्चालनको विधि, ’ उनले भने, ‘आयात र अन्य विषयमा सरकारको ठोस नीति के हो भन्ने प्रश्न उठेको छ ।'

जोशीले सरकारले विगतमा व्यवसायीहरुसँग गरेका सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखे । उनले भने, 'गण्डकी सरकारले ल्याएको ऐन खारेज हुनुपर्छ, नत्र आन्दोलन कडा बन्छ ।'

व्यवसायीहरुले आइतबार सवारी साधनमा कालो झण्डा र कालो पट्टी टाँसेर विरोध जनाएका छन् । उनीहरुले राज्यले लाखौं रुपैयाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक सवारीलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार