सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

लिङ्देनको चेतावनी : कमल थापालाई स-सम्मान नछोडे थप आन्दोलन चर्काउँछौं

लिङ्देनले भने, ‘अब हामी एउटै ठाउँमा होइन, ५० ठाउँबाट निस्कनेछौं। कहाँ रोक्नुहुन्छ?’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
लिङ्देनको चेतावनी : कमल थापालाई स-सम्मान नछोडे थप आन्दोलन चर्काउँछौं
काठमाडौं, जेठ १८ :

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाल अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। आज काठमाडौंको नक्साल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो।

प्रदर्शनपछि सम्बोधन गर्दै लिङ्देनले भने, ‘कमल थापालाई तुरुन्त फिर्ता गरिएन भने भोलिबाट काठमाडौं उपत्यका बन्द हुनेछ।’ उनले देशभरबाट कार्यकर्ता बोलाएर निर्णायक संघर्ष सुरु गर्ने चेतावनी पनि दिए।लिङ्देनले भने, ‘अब हामी एउटै ठाउँमा होइन, ५० ठाउँबाट निस्कनेछौं। कहाँ रोक्नुहुन्छ?’

राप्रपा, राप्रपा नेपाललगायत राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। आज निषेधित क्षेत्रतर्फ जान खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै थापासहित चार जनालाई नियन्त्रणमा लिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार