बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
सरकार र यातायात व्यवसायीबीच वार्ता जारी
काठमाडौं, जेठ १९ :

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्थको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।

उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरु यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बरिसहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए ।

यसैबीच आज यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । उपत्यकामा प्रहरीले दुई  बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए । 

यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार