मकवानपुर, भदौ २१ :

वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा- काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका- ११ लाम्राङमा पहिरो खस्दा आवतजावत रोकिएको थियो । 
    
उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

अहिले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी- कुलेखानी- फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उहाँले बताउनुभयो।