
चितवन, भदौ २२ :
पृथ्वी राजमार्ग केहीबेर अघिबाट अबरुद्ध भएको छ ।
पृथ्विराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना-४ घोप्टे भिरमा माथिबाट लेदोसहितको पहिरो गएपछि दुबैतर्फको आवागमन रोकिएको छ।
पहिरो पन्छाउन अहिले बिभागसँगको समन्वयमा प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
पटक-पटकको पहरोले यो सडक खण्ड बेला बेलामा अबरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।।