एजेन्सी, भदौ २२ :

लगातार १० दिनको अपरेसनपछि  जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट इजरायली सेना हटेको छ ।

सो कब्जा गरिएको पश्चिम किनारमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । 

बख्तरबन्द सवारी र बुलडोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दाहरू शिविरमा फर्केका छन् । उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो । 

अगस्ट २८ मा सेनाले जेनिनलगायत उत्तरी पश्चिम किनारका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो । 
    
 जेनिनमा भएको अपरेसनमा १४ लडाकूको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चार वटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ । 

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ ।