सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार

काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, जेठ २८ :

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माण कार्यमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार सार्वजनिक खरिद ऐनविपरीत प्रक्रियामा चलखेल गरी सरकारी रकम दुरुपयोग गरिएको प्रमाणसहित मुद्दा अगाडि बढाइएको हो। सामाखुसी क्षेत्रको ढल निर्माण कार्यका लागि ठेक्का सम्झौता गर्दा ठेकेदार कम्पनीलाई अनुचित लाभ पुग्ने गरी कार्य गरिएका विवरण अख्तियारले सार्वजनिक गरेको छ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। पूर्व प्रशासनिक अनुभव भएका परियारको नाम भ्रष्टाचार मुद्दामा जोडिएसँगै सरकारी उच्च पदमा बसेका कर्मचारीहरूको भूमिकामाथि पुनः प्रश्न उठेको छ।

अख्तियारले मुद्दा दायर भएका अन्य व्यक्तिहरूको नाम सार्वजनिक नगरे पनि सबैजना प्रक्रिया र निर्णयमा प्रत्यक्ष संलग्न रहेको बताइएको छ। आयोगले दोषी ठहर भएमा कानुनी कारबाहीको मागसहित भ्रष्टाचार निवारण ऐनअनुसार सजायको प्रक्रिया अघि बढाउने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार