
चितवन, भदौ २३ :
पहिरोसँगै खसेका ठुला ढुंगाले पृथ्वी राजमार्ग आज विहानदेखि अबरुद्ध भएको छ ।
पहिरो खस्दा बाटो दुबैतर्फ अवरोध भएको चितवन प्रहरीले जनाएको छ । आज विहान ७:३५ बजे ईच्छाकामना-३ मा पहिरो गएको हो ।
फिस्लिङ नजिकै गएको पहिरोमा ठूला ढुंगाहरु पनि सडकमा खसेका छन ।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय गरी प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।