
बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्वपति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।
सञ्जय कपुरको पोलो खेलका क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जयका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान बेलायतमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठुलो क्षति र गहिरो समवेदना हो ।’
उनी एक व्यापारी थिए । उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो । पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्थे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
बलिउड अभिनेत्री करिश्मा र सञ्जयले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरूको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरू सन् २०१४ मा छुट्टिएका थिए । करिश्मा-सञ्जयका एक छोरा र छोरी छन् ।