काठमाडौं, जेठ ३० :

थाइल्यान्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको फ्लाइट AI-379 को आकस्मिक अवतरण गराइएको छ। विमानमा बम भएको सूचनापछि यस्तो कदम चालिएको हो। सो विमानमा १५६ जना यात्रु सवार थिए। विमान फुकेटबाट दिल्ली जाँदै थियो।

न्युज एजेन्सी रोयटर्सका अनुसार, फ्लाइट ट्रयाकरले दिएको जानकारीअनुसार  विमानले भारतीय समय अनुसार बिहान ९:३० बजे  फुकेट विमानस्थलबाट उडान भरेको थियो। 

उडान भरेपछि विमानले अन्डमान समुद्र माथि ठुलो घेरा बनाई पुनः फर्किएको र त्यसपछि फुकेटमा आपतकालीन अवतरण गरिएको बताइएको छ।  हालसम्म बमको पुष्टि भएको छैन र सुरक्षा निकायहरूले विमानको विस्तृत जाँच गरिरहेका छन्। यात्रुहरू सबै सुरक्षित रहेको बताइएको छ।