मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रवीन्द्र मिश्र र धवलशमशेरको वकिललाई जरिवाना नगर्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ असार, २०८२ मा प्रकाशित
रवीन्द्र मिश्र र धवलशमशेरको वकिललाई जरिवाना नगर्न सर्वोच्चको आदेश
काठमाडाैं, असार १ :

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको जिम्मा लिएका वकिलहरूलाई जरिवाना तिराउने जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले काठमाडौँ जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्नु भनेर निर्देशन दिएको हो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले मिश्र र राणा रिहा गराउँदा जिम्मा लिने अधिवक्ता वसन्त ब्लोन, श्यामबहादुर शाही र राणाका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो।

तीनै जना हाल अदालतको सम्पर्कमा छैनन् र तोकिएको म्यादमा तारिख बुझ्न पनि उपस्थित भएका छैनन् । जसका कारण उनीहरूलाई जरिवाना तिराउने निर्णय भएको थियो।

रवीन्द्र मिश्रलाई उनकी श्रीमतीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटपछि अदालतको आदेशमा रिहा गरिएको थियो। त्यस्तै, धवल राणालाई स्वास्थ्यको कारण देखाउँदै प्रहरीले हाजिरी जमानीमा छाडेको थियो।

गत चैत १५ गते राजसंस्था पक्षधरहरूले काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार