काठमाडाैं, असार २ :

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट उपचारपश्चात् डिस्चार्ज भएका छन्। छातीमा संक्रमण देखिएपछि उनी करिब एक महिनाअघि अस्पताल भर्ना भएका थिए।

स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। वैद्यकी छोरी चेतना शर्माले दिएको जानकारीअनुसार हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ र चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिनेछ।

करिब ८० वर्ष पुगेका नेता वैद्य हालैका दिनहरूमा पार्टी पुनर्गठन र सैद्धान्तिक बहसमा सक्रिय नै रहे। पछिल्लो केही समययता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा अलिक कम देखा पर्न थालेका हुन्।  

कुनै समय नेपालको माओवादी आन्दोलनका 'थिंक ट्यांक' मानिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्यलाई भेट्न सशस्त्र आन्दोलनकालीन सहकर्मी डा. बाबुराम भट्टराई अस्पताल पुगे तर, अर्का सहयात्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  भने व्यस्तताका कारण हो या अन्य कारण भेट्न अस्पताल पुग्न भ्याएनन् ।