
काठमाडौं, असार ३ :
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन् ।
तीनकुने घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र मंगलबार हाजिर भएका हुन् ।
अदालतमा उपस्थित भएसँगै मिश्रको थुनछेकका लागि बयान सुरु भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा अहिले बयान भइरहेको छ ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।