
काठमाडौँ, भदौ २४ :
प्रतिनिधिसभा अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।