
नेपाली काँग्रेस चितवनले १११ औँ बीपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ ।
तीन विधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काँग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।
बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका १२५ जनालाई सम्मान गर्न लागिएको खनालले बताउनुभयो ।
पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्ने तयारी छ ।
नेपाली काँग्रेस चितवनले गत वर्ष बिपि जयन्तीमा काँग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपि जयन्तीका अवसरमा पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो ।
खनालले पार्टीमा विशिष्ट योगदान पुर्याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेको बताउनुभयो ।