काठमाण्डौं, भदौ २४ :

लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी डीबी जेल चलान हुनुभएको छ। रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो। 

रुकुम जिल्ला अदालतले उहालाई किर्ते मुद्दामा दोषी ठहर गर्दै वि.सं. २०४८ साल असार ९ गतेका साबिक एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।  
उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार हुनुभएको थियो।

आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित हुनुभएको हो ।त्यसपछि उहालाई अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको बताईएको छ ।  

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर गरेको हो ।