
काठमाण्डौँ , भदौ २५ :
सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुक मार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी गराउनुभएको हो ।
उहाँले एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी दिदैँ खाजा खाने समय दिउँसो १ः ३० बजेदेखि २ बजेसम्म कायम गरिएको उल्लेख गर्नुभएको छ।
सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिन नहुने फेसबुकमा लेख्नुभएको हो ।
प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लङ्घन गरेको भेटिए ‘हेलो सरकार’ मार्फत उजुरी दिन आग्रह गर्नुभएको छ ।