सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

सुपर टाइफुनले भियतनाममा पुल भत्कायो, पुल माथि सवार सवारी साधन नदीमा खसे 

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
सुपर टाइफुनले भियतनाममा पुल भत्कायो, पुल माथि सवार सवारी साधन नदीमा खसे 
काठमाण्डौं, भदौ २६ :

उत्तरी भियतनाममा आएको शक्तिशाली टाइफुन यागीले एक व्यस्त पुल भत्काएको छ । फोङ चाउ पुल माथि सवार सवारी साधनहरु नदीमा खसेको छ । 

सो पुल भत्किँदा पुलमाथि सवार दसवटा कार र दुईवटा स्कुटर  नदीमा खसेको छ । १३ जना वेपत्ता भएको जनाईएको छ । गत शनिबारबाट सुरु भएको टाईफुनका कारण ६० जनाको मृत्यु भएको छ।  

आँधीले भियतनामको उत्तरी भागमा विनाश मच्चाएको छ, बाढी र पहिरोले विद्युत अवरुद्ध भूएको छ । यागी अब भियतनामको पश्चिम तर्फ सर्ने र थप अवरोध सिर्जना गर्ने  अधिकारीहरूले चेतावनी दिएका छन् ।

२०३ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट २ सय ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । यो यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी हो।
   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार