सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र

१ अमेरिकी डलर किन्न १३७ रुपैयाँ तिर्नुपर्ने, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
१ अमेरिकी डलर किन्न १३७ रुपैयाँ तिर्नुपर्ने, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं, असार १९ :

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा थियो ।

१ युरोको खरिददर १६० रुपैयाँ ९५ र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा छ । आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५३ र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा छ ।

कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा छ । बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार