आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति भिडियो

संसदीय प्रणालीप्रति प्रचण्डको टिप्पणी : भन्छन्- खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली हो

कुलिङ पिरियडको व्यवस्था उल्लेख गर्दै खसीको टाउको देखाए पनि कुकुरको मासु बेचेकोजस्तै व्यवहार भएको दाबी गरे।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
संसदीय प्रणालीप्रति प्रचण्डको टिप्पणी : भन्छन्- खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली हो
फाइल तस्बिर।
काठमाडौं, असार १९ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली’को संज्ञा दिएका छन्।

तर, उनको यही अभिव्यक्तिले विगत र वर्तमान व्यवहारबीच गहिरो विरोधाभास देखिएको छ। विपक्षी भूमिकामा रहँदा संसदीय व्यवस्थालाई कठोर भाषामा आलोचना गर्ने दाहालकै नेतृत्वमा उनी पटकपटक सरकारको प्रमुख बनेका छन्।

बिहीबार काठमाडौंमा आयोजित समाजवादी दर्शनको रूपरेखा पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले वर्तमान व्यवस्था संविधानमा उल्लिखित लोकतान्त्रिक मूल्य र जनआकांक्षासँग मेल नखाने गरी चलिरहेको टिप्पणी गरे। 

उनले संसदीय प्रणालीले देखाउने र गर्नेमा फरक रहेको आरोप लगाउँदै त्यसलाई लोकतन्त्र देखाउने, तर व्यवहारमा प्रतिक्रियावाद बेच्छ भन्ने शैलीमा चित्रण गरे।

दाहालले निजामती विधेयकमा समावेश कुलिङ पिरियडको व्यवस्था उल्लेख गर्दै खसीको टाउको देखाए पनि कुकुरको मासु बेचेकोजस्तै व्यवहार भएको दाबी गरे।

माओवादी नेताहरूले यो अभिव्यक्ति पहिले पनि जनयुद्धकालमा र क्रान्तिकालमा दोहोर्‍याउने गर्थे। तर तिनै नेताहरू संविधान निर्माणमा सहभागी भए, संसदवादी चुनाव लडे र सरकारको नेतृत्वसमेत गरे। प्रचण्ड स्वयं तीनपटक प्रधानमन्त्री भइसकेका छन्। यसैले अहिले फेरि उनी प्रतिपक्षमा हुँदा उस्तै नारामा फर्किनु दोहोरो चरित्रको प्रतिक भएको टिप्पणी गरिन्छ।

कार्यक्रममा उनले समाजवादतर्फको मार्गमा आफूले सरकारमा हुँदा हरेकचोटि पहल गरेको दाबी गरे। नेपालको समाज पुँजीवादी जनवादी क्रान्तिको चरण पार गरी अब समाजवादी चरणमा प्रवेश गरिसकेको पनि उनको धारणा थियो। समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै अगुवाइ गर्नुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार