
काठमाडौं, असार २० :
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्रको प्रणालीमा समस्या आएको जनाएको छ ।
‘असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यवहोरा जानकारी गराइन्छ,’ सार्वजनिक सूचनामा भनिएको छ ।