मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति शिक्षा

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले पायो ५ दिनको समय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ असार, २०८२ मा प्रकाशित
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले पायो ५ दिनको समय
काठमाडौं, असार २२ :

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ । शिक्षामन्त्री रघुजी पन्तले आज बसेको समितिको बैठकमा थप समय माग गरेपछि समितिले सहमतिको लागि पाँच दिनको म्याद दिएको हो। 

मन्त्री पन्तले शिक्षक महासंघसँगको वार्ता जारी रहेकाले विधेयक पारित गर्न तत्काल सम्भव नभएको भन्दै समय थप गर्न अनुरोध गरेका थिए। तर, बैठकमा सहभागी अधिकांश सांसदहरूले भने विधेयक तत्काल पारित गर्नुपर्ने अडान राखेका थिए। यद्यपि, समितिका सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन सरकारलाई निर्देशन दिएका छन्।

‘पाँच दिनभित्र सहमति गरेर आउनू,’सभापति थापाले भने, ‘त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ।’

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो। तर, विधेयकका केही प्रावधानमा अझै सहमति नजुटेकाले अन्तिम समयमा आएर पनि समितिबाट पास हुन सकेको छैन।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच केही विवादित बुँदामा अझै सहमति नजुट्नाले विधेयक लम्बिएको हो। आगामी पाँच दिनभित्र सहमति जुटाएर विधेयक अगाडि बढाउने तयारी समितिको रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार