काठमाडौं, असार २३ :

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज स्वदेश फर्किएको छ। 

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थागत गरे। खेलकुदका पदाधिकारीहरु र समर्थकहरु पनि स्वागतका लागि विमानस्थल पुगेका थिए ।

उज्वेकिस्तानमा भएको प्रतियोगितामा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कपमा छनोट हुन सकेन।एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिमले प्रतियोगिताका तीन खेल खेलेको थियो ।

अन्तिम खेलमा नेपाल लाओससँग निर्धारित समयमा ३-३ को बराबरीमा रोके पनि पेनाल्टीमा भने ४-२ को गोलअन्तरले पराजित भयो।  नेपाली टिम दुवै खेलमा फराकिलो अन्तरमा विजयी भएको थियो ।