सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र बैंक/बीमा

वित्तीय स्थिति प्रतिवेदन : विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब, सञ्चितिमा उल्लेख्य सुधार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ असार, २०८२ मा प्रकाशित
वित्तीय स्थिति प्रतिवेदन : विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब, सञ्चितिमा उल्लेख्य सुधार
काठमाडौं, असार २४ :

चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी  आठ अर्ब २४ करोड रहेको थियो ।

त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति  चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई रु २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती रु दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ । गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार