
काठमाडौं, असार २७ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंको रानीवनमा रहेको मानव सेवा आश्रममा पुगेका छन् ।
उनले आफ्नी पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा आश्रम पुगेर आश्रित महानुभावसँग भेटघाटका साथै भोजन गराएका छन् । दाहालको सचिवालयका अनुसार उनी स्वयंले पनि त्यही खाना खाएका थिए ।
आफू प्रधानमन्त्री भएका बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने धारणा राखे ।
मानवीय सेवामा आधारित यस्ता कार्यले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा अध्यक्ष दाहालको धारणा छ ।