काठमाण्डौँ , भदौ २७ :

काठमाडौँ सहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा भएको छ।

गृह मन्त्रालयले काठमाडौँका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमै सरुवा गरेर उहाँको ठाउमा जयनारायण आचार्यलाई पठाइएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई पठाइएको छ ।

प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई गृह मन्त्रालयमा तानिएको छ ।

अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ भने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।