मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश मधेस प्रदेश

धनुषामा दुई व्यक्तिलाई एउटै नागरिकता नम्बर, दुवै समस्यामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
धनुषामा दुई व्यक्तिलाई एउटै नागरिकता नम्बर, दुवै समस्यामा
धनुषा, असार २९ :

धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको पाइएको छ। दुुवै जनाको नाम गणेशकुमार महतो हो र नागरिकता नम्बर १४६८२८८३ रहेको छ।

धुमासनका गणेश (पिता: रामकिसुन महतो) ले २०५६ माघ १३ गते र सोनापुरका गणेश (पिता: रामगुलाम महतो) ले २०५७ फागुन ३० गते धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका थिए।

सोनापुरका गणेशकुमारले हालै बैङ्कमा खाता खोल्न जाँदा पहिले नै त्यही नम्बरमा अर्को खाता रहेको थाहा पाएपछि दुई व्यक्तिको एउटै नम्बर भएको खुलासा भएको हो।

दुवै जनाले सरकारी प्रणालीमा नागरिकता नम्बर अनिवार्य भएपछि समस्या सुरु भएको बताए। धुमासनका गणेशले कर्मचारीको गल्तीका कारण दुवैजना समस्यामा परेका बताएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले घटनाबारे थप अनुसन्धान गरिने र अभिलेख हेरेपछि मात्र केही भन्न सकिने जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार