
अमेरिकी संघीय उड्डयन प्रशासनले एयर इन्डियाको विमान दुर्घटनामा प्रयोग भएको बोइङको इन्धन नियन्त्रण स्विचमा कुनै खराबी नरहेको स्पष्ट पारेको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले जुन महिनामा भएको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि एफएएको यस्तो प्रतिक्रिया आएको हो। उक्त दुर्घटनामा २६० जनाको ज्यान गएको थियो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले प्रतिवेदनमा भनिएको छ, बोइङ ७८७–८ ड्रीमलाइनर विमानको इन्धन नियन्त्रण स्विच उडानको केही समयपछि ‘रन’ बाट ‘कट-अफ’ मा सरेको थियो। यसले इन्जिनको थ्रस्टमा असर गरेको र दुर्घटना भएको उल्लेख छ।
एयर इन्डियाको विमान दुर्घटना इन्धन आपूर्तिमा आएको अवरोधका कारण भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक
अमेरिकी संघीय उड्डयन प्रशासनले २०१८ मै यस्तो स्विचमा ‘लकिङ’ सुविधा आवश्यक हुनसक्ने सुझाव दिएको थियो, तर यो अनिवार्य भने बनाइएको थिएन। भारतको रिपोर्टअनुसार एयर इन्डियाले उक्त सल्लाह नअपनाएको देखिएको छ।
भारतीय अनुसन्धान ब्यूरोलेको भनाइ यो छ कि इन्धन स्विचको डिजाइन समान भए पनि यसले ७८७ वा अन्य मोडेललाई असुरक्षित बनाउने अवस्था देखिएको छैन। त्यसैले विमान उडानयोग्य नभएको भन्नुपर्ने अवस्था नरहेको उनीहरूको तर्क छ।
एफएएले अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकायहरूलाई यससम्बन्धी सूचना दिन थालेको पनि जनाएको छ।