मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मधेस प्रदेश अर्थतन्त्र

पानी संकट : मधेसका खेत सुक्खा, असार सकिँदा ३६ प्रतिशत मात्रै रोपाइँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
पानी संकट : मधेसका खेत सुक्खा, असार सकिँदा ३६ प्रतिशत मात्रै रोपाइँ
काठमाडौं, साउन १ :

कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुक्खा छ । खडेरीले मधेस प्रदेशमा धान रोपाइँ हुन सकेको छैन ।

मधेस प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुक्खा छन् । रोपाइँसमेत प्रभावित भएका छन् । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दै छन् । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेसका किसान चिन्तित छन् ।

मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरीलगायत जिल्लामा पानीको स्रोत सुकेपछि किसान संकटमा छन् । न त सिँचाइको सुविधा पुगेको छ न वैकल्पिक उपाय अपनाइएका छन् । रोपाइँ त परै जाओस् खानेपानीको समेत मधेसमा हाहाकार सरु भएको छ ।

मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउँदै आइरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरासमेत बढाएको छ ।

उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष मनसुनमा समेत पानी नपर्दा ३६ प्रतिशत मात्र रोपाइँ भएको छ ।

मधेस प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै पहलमा वारुणयन्त्र परिचालन गरिएको छ ।

मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन् । यही समस्या मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्रसमेत हस्तान्तरण गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठुलो क्षति हुने बताए । आजसम्म ३६ प्रतिशत रोपाइँ मात्र भएको उनको भनाइ छ । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपाइँ सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उनले बताए ।

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताए । उनले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानीमन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए । मधेसमा सतहमुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिँचाइ प्रणालीसमेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार