शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो #प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो
समाचार कला/साहित्य

ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनः प्रकाशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनः प्रकाशन
काठमाडौं, साउन २ :

जनकविकेशरी धर्मराज थापाले प्रकाशन सुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनः प्रकाशन सुरु भएको छ ।

जनकवि केशरी थापाको १०१औं जन्मजयन्ती अवसरमा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु  पत्रिका प्रकाश सुरु भएको थियो ।

लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ सांगीतिक समारोहमा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव,संस्कृतिविद् डा.जगमान गुरुङ, प्रा.रमा शर्मा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनालीलगायतको उपस्थिति थियो ।

वक्ताहरुले धर्मराज थापालाई गायक मात्र नभएर एक क्रान्तिकारी कवि तथा गीतकार रुपमा लिनुपर्ने धारणा राखे । जनकविकेशरी थापाको जन्म १९८१ साल, साउन १ गते कास्कीको बाटुलेचौरमा भएको थियो । उनको निधन २०७१ असोज २९ गते काठमाडौंमा भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार