मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित, दुई सदस्यता र उमेरहद हट्यो

ओलीलाई पुन अध्यक्ष बन्न बाटो खुल्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ साउन, २०८२ मा प्रकाशित
एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित, दुई सदस्यता र उमेरहद हट्यो
काठमाडाैं, साउन ३ :

प्रमुख सत्तारुढ दल नेकपा एमालेले पार्टी विधान संशोधनको प्रस्ताव पारित गरेको छ। शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले पार्टीभित्रको दुई सदस्यता र उमेरहद सम्बन्धी व्यवस्था हटाउने प्रस्ताव पारित गरेको हो। 

यो व्यवस्थाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुन अध्यक्ष बन्न बाटो खोलेको छ भने अध्यक्ष बनेर एमाले हाक्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अप्ठयारो पर्ने स्थिति देखिएको छ । विधान महाधिवेशनमा ओलीकै वर्चश्व छ ।  संशोधित प्रस्ताव अब आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि पेस गरिनेछ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा सदस्यहरूका सुझाव समेट्दै विधान संशोधन प्रस्ताव पारित गरिएको छ। ‘महत्वपूर्ण कुरा दुई सदस्यता र उमेरहदको व्यवस्था हटाउने निर्णय हो,’ गौतमले भने, ‘बैठकले प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृति दिएको छ।’

बैठकमा ६८ जना नेताले धारणा राखेका थिए। आफ्नो धारण राख्ने क्रममा नेताहरुले पूर्वराष्ट्रपति भण्डारीको विषयलाई समेत उठाएका थिए । नआाउनु पार्टीमा आइसकेपछि उनलाई पनि जिम्मेवारी दिनुपर्ने केहीको धारणा थियो भने केहीले यो विषयलाई स्वयं अध्यक्ष ओली र भण्डारी बसेर राजनीतिक तवरले नै हल गर्नुपर्ने सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार