काठमाडौं, साउन ६ :

साफ यु-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।  

बंगलादेशमा भएको प्रतियोगितामा सहभागी नेपाली टोली मंगलबार दिउँसो काठमाडौँ आइपुगेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए ।

एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरिन्। प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपालले बङ्गलादेशसँग ४–० गोलले पराजित हुँदै उपविजेता बन्न सफल भएको थियो। 

बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक जोड्न सफल भयो।