मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै : प्रधानमन्त्री ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
कांग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै : प्रधानमन्त्री ओली
महोत्तरी, साउन ९ :

प्रधानमन्त्री केपी ओलीले कांग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् ।

महोत्तरीमा शुक्रबार आयोजित कार्यक्रममा उनले अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताए । अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरु गर्ने उनको दाबी छ ।

‘अहिलेको सरकार एमाले र कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार हो । जसमा लोसपा पनि सरकार छ, जसमा जनमत पनि सरकारमा छ । अरु पनि सरकारमा छन् । यो संयुक्त सरकार हो । सबै पार्टीको । जसको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको छ,’ ओलीले भने, ‘यो समीकरण देश विकासको अठोट लिएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्नेछु । यो एक वर्षमा थुप्रै कुराहरुमा परिवर्तन ल्याउने अठोट लिएको छु । चुनावसम्म हामी विकास निर्माणमा अघि बढ्नेछौँ ।’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार