काठमाण्डौँ , भदौ २९ :

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । 

मध्याह्‍न १२ः ३० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा एक वर्षे कार्ययोजना पारित गर्ने तयारी रहेको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।