
तिजलक्षित गरेर नयाँ गीत सार्वजनिक गरिएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो ।
सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको गीतमा विनिता खनालको शब्द छ । संगीत संयोजन चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर छ ।
गीतको भिडियो पक्षमा पनि सशक्त टिम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तिज मनाइरहेको क्षण सम्झिरहेका छन् ।
सान थापाको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा राजीव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी छ । रचनाकार विनिता खनालको यसअघि पनि लोक-आधारित गीत सार्वजनिक भइसकेका छन् ।
विशेषगरी उनको ‘पदमबिनी’ नामक एल्बमले दर्शक-स्रोतामाझ राम्रो लोकप्रियता बटुलिसकेको छ । यस वर्षको तिजमा हर्ष, उमंग र संस्कृतिमा रम्न सांस्कृतिक चाडलाई अझ उल्लासमय बनाउन ‘दर बनाइराछिन् आमा’ तयार गरिएको निर्माणपक्षको भनाइ छ ।