बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन भिडियो

पूजन काफ्लेको ‘छड्के तिलहरी’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
पूजन काफ्लेको ‘छड्के तिलहरी’
काठमाडौं, साउन १२ :

पूजन काफ्लेले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘छड्के तिलहरी...’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर पूजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तिजमा सँगै मिलेर नाच्ने-गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार