पर्सा, भदौ २९ :

वीरगन्ज भन्सार कार्यालय अन्तरगतको एकीकृत चेकजाँच चौकी आइसिपीबाट हुने मालवस्तुको ओसार पसार आज विहानै देखि अवरुद्ध भएको छ । 

अलौं सिर्सियामा रहेको आइसिपी चौकमा हिजो अपराह्न्न भएको सवारी दुर्घटनामा परि मृत्यु भएका युवाका आफन्तले भन्सार कार्यालयको मुल सडक मै अवरोध गरी प्रदर्शन गरेपछि मालवस्तुको ओसार पसारमा अवरोध भएको हो ।

इन्धन लिन नेपालबाट भारत तर्फ जाँदै गरेको ना ३ ख ७५०३ नम्बरको ट्याँकले हिजो दिउँसो आइसिपी अगाडीको चोकमा सोही दिसाबाट आउदै गरेको ना २९ प ६९५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार रहेका अलौं निवासी २३ बर्षका निकु कुमार तुरहा गम्भिर घाइते भएका थिए ।

घाइते भएका तुरहाको हिजो सांझ उपचारको क्रम्ममा मृत्यु भएपछि उचित क्षतिपुर्तिको र दोषीलाई कार्वाहीको माँग गर्दै आफन्तले सड्कमा प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो । उहाँले अवरुद्ध रहेको आसिपी सडकलाई खुलाउन मृतकका अफन्त र जनप्रतिनिधिसंग छलफल भईरहेको बताउनुभयो ।
सवारी दुर्घटनामा संलग्न ट्याक्र र त्यसका चालक प्रहरी नियन्त्रणामा रहेका छन भने मृतक तुरहाको शव परिक्षणका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
सडक अवरोधका कारण आइसिपी सड्कमा दुई किलो मिटर दुरीसम्म मालवाहक सवारी साधनको लाम लागेको छ ।

राष्ट्रिय राजश्वमा सबै भन्दा बढी योगदान दिने वीरगन्ज भन्सार कार्यालय अन्तरगतको आइसिपीबाट दैनिक ३ हजार ५ सय भन्दा बढी मालवाहक सवारी साधन आवतजावत गर्ने गर्दछ ।वीरगन्ज नाकालाई प्रयोग गरी नेपालका लागि ७५ प्रतिशत भन्दा बढी इन्धन र ६० प्रतिशत भन्दा बढी खाद्ययान आयात हुँने गर्दछ ।