भियतनाममा यही सेप्टेम्बर १४ देखि सुरु हुने अन्तर्राष्ट्रिय मिस कस्मो २०२४ मा भाग लिन निमिता रेग्मी नेपालको प्रतिनिधित्व गर्दै त्यस तर्फ प्रस्थान गरेकी छन् ।
भियतनाम प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा कुरा गर्दै सुश्री रेग्मीले आफुसँग भएको क्षमतालाइ उजागर गर्ने बताएकी छिन् । साथै नेपाललाई विश्व सामु चिनाउने यो एउटा अवसर भएको समेत बताएकी छिन् । निमिताले भियतनाममा नेपाली कला संस्कृति सांस्कृतिक सम्पदा र नेपाली पर्यटनको प्रबर्धनमा जोड दिने छिन् ।

कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता समाजसेवी स्व नगेन्द्र रेग्मी र डा.आरती कार्की रेग्मीकी जेठी छोरी हुन्।

सो मिस कस्मो-२०२४ प्रतियोगितामा अमेरिका, ब्राजिल, क्यानाडा, बेलायत, भारत, अष्ट्रेलिया, ईटली, जापान लगायत विश्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैँछन् ।