
काठमाडौँ, भदौ २९ :
नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ ।
आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो ।
यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि निर्वाचन अनिश्चित भएको थियो ।
पोखरेलको राजीनामापछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टले विज्ञप्तिमा पनि स्वीकार्नुभएको छ ।
परिस्थिति असहज हुँदा हुँदै कसरी निर्वाचन होला भन्ने चाहिँ आम पत्रकारको जिज्ञासा पाइन्छ ।
महासंघले मतदाता सूची निर्वाचन समितिलाई आज बुझाएको पनि कार्यबाहक अध्यक्ष विष्टले विज्ञप्तिमा लेख्नुभएको छ।
भदौ २९ गते शनिवार मतदाता सूची र भोलि नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक उहाँले जानकारी दिनुभएको छ ।