काठमाण्डौं, भदौ २९ :
शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा कुनै ठोस निर्णय हुन सकेन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी ३१ भदौमा बस्ने गरी सकिएको छ ।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै ठोस् निर्णय नगरी बैठक सकिएको हो । आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत भएको बताईएको छ ।