
राजविराज, साउन १८ :
निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।
पहाडी क्षेत्रमा आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको जनाइएको छ । बहाव वृद्धि भएका कारणा खतराको संकेतस्वरूप कोसी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ । साथै त्यहाँका २६ वटा ढोका खुला गरिएको जनाइएको छ ।