काठमाडाैं, साउन १९ :

तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् । 

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले  सोमबार दिएको आदेशबमोजिम तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा २५ लाख गरी २८ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

अदालतको आदेश बमोजिम डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई सोमबार राति रिहा गरेको छ । उनी तत्काल निर्दोष रहेछन् भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो । 

उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।कारागारबाट रिहा भएपछि प्रसाईले तरिका र शैली बदलिए पनि आफ्नो स्वभाव भने नबदलिने प्रतिक्रिया दिएका छन्। उनले आफू भावी योजनाका साथ घर फर्केको समेत बताएका छन् ।