
साउन २० :
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुलिङ अफ पिरियडमा हस्ताक्षरकर्ताहरु स्वभाविक रुपमा जिम्मेवार हुनुपर्ने बताए । छानबिन समितिका सदस्य समेत रहेका सांसद पराजुलीले संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारलाई समितिले छानबिन गर्न अझै ठाउँहरु छोडिदिएको बताए ।
उनले भने, ‘राजनीतिक रुपमा हस्ताक्षर कर्ताहरु स्वभाविक रुपमा जिम्मेवार हुनुपर्छ भन्नेमा नकार्न सकिँदैन । त्यो भन्दा बाँकी भएका भागहरु सरकारले छानबिन गर्नुपर्छ । त्यो बाटो देखाइदिएका छौँ । आफ्ना बचाउन सधैँ लाग्नुहुन्छ । त्यहाँ पनि प्रयास नभएको होइन ।’
आफ्ना मान्छे बचाउन अहिले पनि ठुला दलहरु लागेको उनको आरोप थियो। समितिले मंगलबार सभामुख देवराज घिमिरेलाई छानबिन समितिको प्रतिवेदन बुझाएको छ ।