मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

संसद्‍मा राप्रपा र रास्वपाको दैनिकी, आफ्ना कुरा राख्ने बाहिरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
संसद्‍मा राप्रपा र रास्वपाको दैनिकी, आफ्ना कुरा राख्ने बाहिरिने
काठमाडौं, साउन २१ :

भिजिट भिसा प्रकरणको विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

दुवै दलले गत जेठ १३ गतेदेखि भिजिट भिसालाई लिएर संसद्मा विरोध गर्दै आएका छन् । यसरी लामो समयसम्म संसद्‍मा विरोध जारी राख्नेमा ती दलहरुले रेकर्ड कायम गरेका छन् । जनताका गुनासा र समस्या राख्ने थलोलाई उनीहरुले भत्ता पचाउने मात्र काम गरेका छन्।

बुधबारको संसद बैठक सुरु हुने वित्तिकै रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले सभामुखसँग समय लिएर आफ्ना कुरा राखे लगत्तै  बैठक छाडेर बाहिरिए । भिजिट भिसाको कुरा उठाएर विरोध गर्दै आएका राप्रपा र रास्वा अहिले कुलिङ पिरियडको विषयलाई समेत विरोधको मुद्दा बनाएर लगेका छन् । यो क्रमलाई हेर्दा उनीहरुको मागमाथि माग थपिने निश्चित छ ।

सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।

छानबिन समिति बन्दा पनि दुवै दलले चित्त बुझाएका छैनन् । त्यसो त दुई तिहाइको बलमा सरकारले पनि सदनलाई पेलेर अगाडि बढाउन नहुने राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार