
काठमाण्डौँ , भदौ ३१ :
सङ्घीय संसद् अन्तर्गत आज दुइ वटा समितिका बैठक बस्दै छन् ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
आजको बैठकमा नेपाल धितोपत्र बोर्डको कार्यक्षेत्रसँग सम्बन्धित समितिमा प्राप्त उजुरी माथि छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान नौ बजे संसदीय सुनुवाइ समितिको त्रिचालिसौँ बैठक बस्दै छ ।
आजको बैठकले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने जनाइएको छ।