मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

राप्रपा युवा संगठनको अधिवेशनमा कुटाकुट, कार्यक्रम स्थगित

विवादको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको थियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
राप्रपा युवा संगठनको अधिवेशनमा कुटाकुट, कार्यक्रम स्थगित
काठमाडौं, साउन २८ :

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच कुटाकुट भएपछि कार्यक्रम स्थगित गरिएको छ।

उद्घाटन समारोह सुरु नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हात हालाहाल भएको हो। विवाद चर्किएपछि लिङ्देनले अधिवेशन स्थगित गरिएको घोषणा गरे।

कुटाकुटपछि कार्यक्रम स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेताहरू हाल छुट्टाछुट्टै छलफलमा जुटेका छन्।

विवादको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको थियो। कार्यक्रम सुरु नभइसकेको भन्दै माइकिङमार्फत शान्त रहन आह्वान गरिए पनि स्थिति नियन्त्रण बाहिर गएको हो।

राप्रपा भित्र अहिले अध्यक्ष लिङ्देन र धवलशम्शेर राणा पक्षबीचको आन्तरिक विवाद युवा संगठनसम्म पुगेको देखिएको छ। लिङ्देनले होहल्ला र अव्यवस्था निम्त्याउनेलाई पार्टी चुपचाप हेरेर नबस्ने चेतावनीसमेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार