मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य घट्यो, यस्तो छ बजारभाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० साउन, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य घट्यो, यस्तो छ बजारभाउ
काठमाडौं, साउन ३० :

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९६ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । आज (शुक्रबार) भने सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ ।

सुन बुधबार प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय १५ रुपैयाँ प्रतितोला कायम छ । हिजो (बिहीबार) चाँदी प्रतितोला २३ सय ४० रुपैयाँमा कारोबार हुँदा बुधबार मूल्य २३ सय २५ रुपैयाँ थियो । यस्तै मंगलबार २३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने प्रतितोला २३ सय १५ रुपैयाँ र आइतबार २३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार